दफा ७७
बाटो इजाजतपत्र दिनु पर्ने
(१) दफा ७६ बमोजिम बाटो इजाजतपत्रको लागि दरखास्त परेमा अधिकारप्राप्त अधिकारीले दफा ७८ को अधीनमा रही त्यस्तो सार्वजनिक सवारीलाई त्यस्तो बाटोमा प्रयोग गर्न अनुसूची –७ बमोजिमको ढाँचामा बाटो इजाजतपत्र दिनु पर्छ ।
(२) उपदफा (१) बमोजिम दिइएको बाटो इजाजतपत्र सो दिइएको मितिले चार महीनासम्म बहाल रहनेछ ।